गुराँस लाइफका ग्राहकलाई पुरानो मेडिकल कलेजमा विशेष छुट

  २०७६ वैशाख २६ गते १७:२५     विकासन्युज


काठमाडौं । गुराँस लाईफ ईन्स्योरेन्स कम्पनी लि. र कलेज अफ मेडिकल साइन्स चितवन(पुरानो मेडिकल कलेज)बीच उपचार सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

सम्झौता पत्रमा ईन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कलेज अफ मेडिकल साइन्स चितवनका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा. सुप्रभात श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता कलेजका तर्फबाट जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपाने र ईन्स्योरेन्सको तर्फबाट नारायणकुमार भट्टराईले आदानप्रदान गरे । सम्झौता अनुसार ईन्स्योरेन्स कम्पनीका कर्मचारी, कर्मचारीहरुका परिवार, बीमित र बीमा अभिकर्ताहरुलाई अस्पतालले प्रदान गर्ने सेवा शुल्कमा विशेष छुट प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.