रेनोले वैशाख २१ गतेसम्म एक्सचेन्ज क्याम्प गर्दै, पुराना गाडी साट्न पाइने

  २०७६ वैशाख २४ गते १९:०८     विकासन्युज

काठमाडौं । नेपालमा रेनोको आधिकारिक वितरक, एडभान्स अटोमोबाईल प्रा.लि ले ‘‘पुरानो छोडाैँ नयाँ गुडाऔँ’’ भन्ने ट्याग लाईनका साथ रेनो एक्सचेन्ज क्याम्प आयोजना गरेको छ । कम्पनीले सोमबारदेखि यही बिहीबारसम्म पोखरामा र बुधबारदेखि यही शनिबारसम्म भैरहवामा आयोजना गर्न लागेकाे हाे ।

यस मेगा अफरमा अटोमोबाइल ग्राहकहरुले पुरानो गाडी रेनो ब्राण्डको नयाँ गाडीसँग एक्सचेन्ज गर्न सक्नेछन् ।

एडभान्स अटोमोबाईलले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ वर्ष सम्मको लागी फ्रि सर्भिसिङ्ग, निशुल्क एसोसोरिज, एक आर्थिक वर्ष भरीका लागि सडक कर फ्रि, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहारहरु जित्न सक्नेछन् ।

रेनो एक्सचेन्ज क्याम्पले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने आयोजकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.