साञ्जेनको आईपीओ बाँडफाँडः १० कित्तासम्म हाल्नेलाई सबै पर्यो, ९१.२३ प्रतिशतलाई २० कित्ता

  २०७६ वैशाख १९ गते १५:३२     विकासन्युज

काठमाडौं । बैशाख ६ गतेदेखि १२ गतेसम्म निष्काशन गरिएको साञ्जेन जलविद्युत कम्पनीको आईपीओ बिहीबार बाँडफाँड भएको छ । उक्त आईपीओमा अधिकांश आवेदकलाई २० कित्ताको दरले सेयर परेको छ ।

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार १० देखि २००० कित्तासम्म माग गर्ने २ लाख ८८ हजार ८९७ जनालाई न्युनतम १० कित्तासेयर परेको छ । उनीहरुलाई कूल २२ लाख ८८ हजार ९७० कित्ता बाँडिएको हो ।

त्यस्तै, बाँकी रहेको २० लाख ९३ हजार २८० कित्ता सेयर पुनः २० देखि २००० कित्तासम्मको सेयर माग गर्नेलाई गोलाप्रथाबाट थप १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ । भाग्यशाली २ लाख ०९ हजार ३२८ जनाले थप १० कित्ता गरी अधिकतम २० कित्ता सेयर पाएका छन् । समग्रमा कूल ९१.२३ प्रतिशत आवेदकलाई अधिकतम २० कित्ता सेयर परेको छ ।

साञ्जेनको ५४ लाख ७५ हजार कित्ता शेयरमध्ये सञ्चयकोषका सञ्चयकर्ता, कर्मचारी तथा म्युचुअल फण्डका लगानीकर्तालाई छुट्याएर बाँकी रहेको ४९ लाख ८२ हजार २५० कित्ता शेयर २ लाख ८८ हजार ८९७ जनालाई वितरण गरिएको हो ।

कूल ३ लाख ५९७ जना आवेदकहरु मध्ये ११ हजार ७०० जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.