गणतन्त्र स्मारक सञ्चालन हुँदै, बैशाख ३० गतेसम्म फोटो, चित्र र मूर्ति बुझाउन सकिने

  २०७६ वैशाख १८ गते १३:२५     विकासन्युज


काठमाडौँ । नेपालको क्रान्तिकारी जनसंघर्ष र आन्दोलनको थालनीदेखि गणतन्त्र स्थापनाकालसम्मको इतिहास संरक्षण र प्रदर्शन गर्न क्रान्तिसंग सम्बन्धित विविध सामाग्री राखी गणतन्त्र स्मारक सञ्चालन हुने भएको छ ।

२०७५ चैत २५ गतेको निर्णय अनुसार गणतन्त्र स्मारकमा राखिने विभिन्न सामाग्री मध्ये गणतन्त्र स्थापनासँग सम्बन्धित जनआन्दोलन लगायत घटना परिघटना समेटिएका फोटोहरु, आर्ट एवम् चित्र र मूर्तिहरु तथा महत्वपूर्ण दस्ताबेज संकलन र प्रदर्शनका लागि नेपाल कला परिषद्लाई जिम्मेवारी प्रदान गरिएको छ ।

स्मारकमा प्रदर्शन गरिने फोटो, चित्र, मूर्ति, पोशाक, किताब, कागजात जस्ता सामाग्रीहरु बैशाख ३० गते भित्र नेपाल कला परिषद्लाई उपलब्ध गराउन अनुरोध गरिएको छ । सामाग्री पठाउँदा दाताको नाम ठेगाना उल्लेख गर्न भनिएको छ । स्वीकृत सामाग्रहरुका लागि सम्मान, पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रदर्शित सामाग्रीहरु स्थायीरुपमा संग्राहलयमा रहने परिषद्ले जनाएको छ ।

नारायणहिटी दरबारको पूर्वी खण्डको परिसरमा हिमाल, पहाड र मधेश तराई समेट्ने गरी विशाल नेपालको नक्शा तयार गरी जमिनमुनि भूईँतल्ला र माथिल्लो तल्लाका प्रदर्शनी स्थलका ग्यालरीहरुमा सन्दर्भ सामाग्रीहरु राखेर गणतन्त्र स्मारक सञ्चालन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.