आठौं एनएमबि बैंक हेरिटेज वाक सम्पन्न

  २०७६ वैशाख १४ गते १५:५७     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले विश्व सम्पदा दिवसको उपलक्ष्यमा आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ आयोजना गरेको छ । कार्यक्रमको उद्घाटन बैंकका संचालकहरु तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले संयुक्त रुपमा गरेका हुन् ।

बैंकले विगत वर्षहरु देखि आम जनमानस तथा स्थानीय समुदायलाई सम्पदाको महत्व बुझाउनु तथा तिनको उचित संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले हेरिटेज वाक कार्यक्रम आयोजना गर्दै आएको छ ।

हेरिटेज वाक बैंकको सितापाइला शाखा कार्यालयबाट शुरुवात भई स्वयम्भूनाथमा पुगि समापन भएको थियो । स्वयम्भूनाथ परिसरमा सरसफाई तथा फोटो प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा बैंकका कर्मचारीहरुद्धारा खिचिएको देशका विभिन्न सम्पदाहरुको उत्कृष्ट फोटोहरु राखिएको थियो । साथै, बैंकले स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका प्रतिनिधिलाई १६ थान डष्टवीन समेत हस्तान्तरण गरेकोे थियो ।

साथै, बैंकले आठौं एनएमबि बैंक हेरिटेज वाक २०१९ को उपलक्ष्यमा आफ्नो सातैवटा प्रादेशिक कार्यालयहरु मार्फत विभिन्न सम्पदाहरुको सरसफाई कार्यक्रम समेत संचालन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.