राष्ट्र बैंक सरह सेवा सुविधा माग सहित दूरसञ्चार प्राधिकरणका कर्मचारी आन्दोलित

  २०७६ वैशाख १० गते १७:३७     विकासन्युज

काठमाडौं । दूरसञ्चार प्राधिकरणका कर्मचारीहरु आन्दोलित भएका छन् । प्राधिकरण बोर्डले निर्णय गरेका सेवा सुविधा नपाएपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

बोर्डले २०७५ बैसाख १० गते कर्मचारी सेवा सुविधा सम्बन्धी गरेको निर्णय लागू नभएपछि कर्मचारीहरुले आन्दोलन घोषणा गरेका हुन् । प्राधिकरणमा आइतबार देखि नै हातमा कालो पट्टी बाँधेर काम गर्न थालेको आधिकारीक ट्रेड युनियनका अध्यक्ष विजय कुमार राय यादवले बताए ।

प्राधिकरणले सेवा सुविधा सम्बन्धी कार्यविधी सञ्चार मन्त्रालय पेस गरिसेको छ । तर मन्त्रालयले हालसम्म स्वीकृती दिएको छैन । हाल प्राधिकरणमा ७२ जना कर्मचारीहरु कार्यरत रहेका छन् । कर्मचारीहरुले अन्य सरकारी संस्थाहरु जस्तै सेवा सुविधा पाउनु पर्ने माग राखेका छन् ।

‘हामीलाई राष्ट्र बैंकका कर्मचारी सरह सेवा सुविधा आवश्यक छ बोर्डले निर्णय गरेको सुविधा माग गरेका छौं पुरा नभए थप आन्दोलन गर्नेछौं’ अध्यक्ष यादवले भने । कर्मचारीहरुले उत्कृष्ट कर्मचारी पुरस्कार राशी ५० हजार हुनुपर्ने, भ्रमण खर्च व्यवस्था गर्नुपर्ने, खाजा खर्च बढ्नु पर्ने लगायत माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.