बीमा संस्थानद्वारा इटहरीमा बीमा अभिकर्ताहरुको लागि आधारभूत तालिम सञ्चालन

  २०७६ वैशाख ९ गते १७:५१     विकासन्युज


काठमाडौँ । इटहरीमा जीवन बीमा अभिकर्ताहरुका लागि आधारभूत तालिम कार्यक्रम सञ्चालन भएको छ । राष्ट्रिय बीमा संस्थानको आयोजनामा बैशाख ८ गतेदेखि ३ दिने कार्यक्रम सञ्चालन भएको हो ।

व्यवसाय बृद्धि तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यले आयोजित तालिममा ५० जना सहभागी रहेको बीमा संस्थानले जनाएको छ ।

तालिममा जीवन बीमाको महत्व, प्रकार, सिद्धान्त र इतिहास, राष्ट्रिय बीमा संस्थानका बीमालेखहरु, बीमा अभिकर्ताको आचारसंहिता, फाइदा, सेवासुबिधा तथा बीमा ऐन २०४९ र राष्ट्रिय बीमा ऐनको बारेमा प्रशिक्षण प्रदान गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.