सिराहाको लाहानमा अजोड इन्स्योरेन्सको नयाँ शाखा

  २०७६ वैशाख ३ गते १८:१४     विकासन्युज


काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले सिरहाको लाहानमा शाखा बिस्तार गरेको छ । लाहान शाखा कार्यलयको उद्घाटन प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीको अध्यक्षता तथा उद्योग वाणिज्य संघ सिराहाका अध्यक्ष अशोकलाल अमात्यबाट सम्पन्न भएको छ ।

सो उद्घाटन समारोहमा संस्थाका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावी कार्य योजन तथा कम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे । उक्त अवसरमा शेख मिडिया हाउस प्रालिका अध्यक्ष फिरोज शेख तथा रेडियो समग्र लाहानका अध्यक्ष भैरब गेलालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमलाई समापन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खत्रीले संस्थाको प्रधान कार्यालय सहित ३० वटा शाखा सञ्चालनमा रहेको र संस्थाले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु तथा दावी भुत्तानी छिटो र छरितो तरिकाले उपलब्ध गराउन शाखाको स्थापना गरिएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.