काठमाडौँमा असिना पानी, देशभर कै मौसम बदली

२०७६ वैशाख २ गते १८:०४ विकासन्युज

काठमाडौँ । काठमाडौँमा अहिले असिना पानी परिरहेको छ । केही दिन देखि मौसम सफा रहेपनि आज पुनः वर्षा सहित पानी परेको हो ।

अहिले देशका अधिकांश स्थानमा मेघगर्जनसहित असिना पानी परेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

खराब मौसम धेरै दिन नरहने पनि विभागले जनाएको छ ।