सिटिजन्स बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त

  २०७५ चैत २५ गते १५:२९     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल सहायक प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्य सम्पादन गर्दै आएका देवकोटालाई २०७६ साल बैशाख १ गते बाट लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा हालै गणेशराज पोखरेल नियुक्त भएपछि नायव प्रमुख कार्यकारी अधिकृत पद रिक्त भएको थियो । नव नियुक्त नायब प्रमुख कार्यकारी अधिकृत देवकोटाले स्थापनाकाल देखि नै बैंकसंग आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित देवकोटाले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल तथा त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । यस बैंकमा आबद्ध हुनु अघि उनले नेपाल बैंक लिमिटेडमा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा २३ वर्षको अनुभव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.