हिमालय उर्जाको सेयरमा उत्साह बढ्दो, दोश्रो दिनमै झण्डै १.२५ गुणा आवेदन

  २०७५ चैत २१ गते १८:१०     विकासन्युज


काठमाडौँ । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले जारी गरेको १४ लाख ८५ हजार ००० कित्ता साधारण सेयरका लागि उत्साह बढ्दो क्रममा रहेको छ । सेयर निष्काशन भएको दोश्रा दिनमै माग भए भन्दा १.२५ गुणा बढी शेयर आवेदन भएको कम्पनीका प्रबन्धक प्रकाश दुलालले बताए ।

कर्मचारीहरुलाई छुट्याइएको ३% अर्थात ४४ हजार ५५० र सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको ५% अर्थात ७४,२५० कित्ताबाहेक बाँकी रहेको १३,६६,२०० कित्ता साधारण शेयर यही चैत्र २० गते बाट सर्बसाधारणको लागि निष्काशन तथा बिक्री खुल्ला गरिएको छ ।

अहिले बजारमा आएका जलविद्युत् कम्पनीको शेयर मध्ये प्रतिमेगावाट लागत कम भएका कारण लगानीकर्ताहरुको उत्साहजनक सहभागिताले कम्पनीले रामेछाप र दोलखाजिल्लाको सिमाभएर बहने खिम्तिखोलामा कम्पनीले १२ मेगावाटको उपल्लो खिम्ति र ७ मेवाको अपर खिम्ति–दोश्रो गरी कुल १९ मेवाका आयोजनाहरु निर्माण गरिरहेको छ ।

कम्पनीका अनुसार १९ मेवा निर्माण गर्नको लागि लागत करिव ३ अर्व १५ करोड रहेको छ । दुवै आयोजना २०७६ असार मसान्तमा सम्पन्न हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.