मृतक ग्राहक सदस्यको ऋण साधनाले गर्यो मिनाह

  २०७५ चैत १८ गते १०:०१     विकासन्युज


काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्था लि. मकवानपुर बज्रबराही शाखाले आफ्ना ग्राहक सदस्यको निधन पश्चात ऋण कर्जा मिनाह गरेको छ ।

शाखा कार्यालय बज्रबराहीद्वारा प्रवद्घित केन्द्र नं ७०, नागदह साधना महिना विकास केन्द्रकी स्व. सुकुमाया स्याङ्गतान माघ २० गते निधन भएकामा स्व. स्याङ्गतानले वित्तीय संस्थावाट लिएको कर्जाको तिर्न बाँकी सावा र सो सावाले हुन आउने ब्याज रकम गरी ७२ हजार १ सय ९१ रुपैयाँ मिनाहा गरिएको हो ।

संस्थाले आइतबार स्याङ्गतान कै घर नजिक रहेको नागदह प्राविको प्राङ्गगडमा कर्जा मिनाह कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा कर्जा मिनाह पत्र र बचत ६ हजार १ सय ३० रुपैयाँ मृतकका श्रीमान् सानुकान्छा घलानलाई प्रदान गरिएको थियो । थाहा नपा वडा नं ११ का वडा अध्यक्ष किरण वल र वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यवस्थापन विभाग प्रमुख रामप्रसाद लामिछानेले सो रकम प्रदान गरेका र्थि । गर्नुभएको थियो ।

कार्यक्रममा वित्तीय संस्थाको कर्जा तथा जोखिम ब्यावस्थापन विभागका लामिछानेले वित्तीय संस्थाले ग्रामिण भेगका जनतालाई लक्षित गरी विभिन्न किसिमका वित्तीय सेवासँगै सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्दै आएको जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.