नेपाली बैज्ञानिकले विकास गरे अति सुक्ष्म-प्रकाशकीय चिप, स्वासप्रस्वासका बिरामीलाई उपयोगी

  २०७५ चैत १३ गते १८:०७     विकासन्युज


काठमाडौ । फुटुंग रिसर्च इस्टिच्यूटका बैज्ञानिकहरुले नेपालको पहिलो अती–सुक्ष्म–प्रकाशकीय चिपको विकास गर्न सफल भएका छन् ।
सो चिप नेपाली बैज्ञानिकहरुले नेपालमै सिमुलेशन (गणितिय) डिजाइन तथा भौतिक परीक्षण गरी निर्माण गरेका हुन् । स्वासप्रस्वासका बिरामीलाई उपयोगी हुने चिप बनाइएको हो ।

नेपाली बैज्ञानिकको यो उपलब्धीमा फ्रीवेयर, थ्रिडी प्रिन्टीङ प्रविधिको व्यापक विकास र प्रयोग र थोरल्याब्स (यूएसए), ल्यूमेरिकल (क्यानाडा) र लुसीडा फोटोनिक्स (बेल्जियम) लगाएतका कम्पनीहरुले फुटुङका बैज्ञानिकलाई सहयोग गरेका छन् ।
बुधबार राजधानीमा बैज्ञानिक संस्थाहरुले आफ्नो खोजको बारेमा समेत जानकारी दिएका छन् ।

कार्यक्रममा शिक्षा विज्ञान र प्रविधि मन्त्रालयका अधिकारीहरु, नास्टका तथा त्रिवि बैज्ञानिकहरु, समाज कल्याण परिषद्का अधिकारीहरु, अभियन्ता महाबिर पुन, चिकित्सकहरु, म्यान्चेस्टर विश्व विद्ययालयका प्राध्यापकहरु, वोल्ड इनोभेसन फोरम (जेनेभा) का अध्यक्ष लगायत स्वदेशी र विदेशी बिज्ञहरुले सहभागिता जनाएका थिए । प्राविधिक विकासका लागि छलफल गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणी पोखरेल उपस्थित थिए । कार्यक्रममा डाक्टर गोपाल लामाले नेपालमा बढ्दो वायू प्रदुषणले दमको रोग वृद्धीमा सघाउ पुर्याएको भन्दै आगामी दिनमा यसको औषधी खोज्न भन्दापनि सकेसम्म रोग नै नलाग्ने बातावरण निर्माण गर्न जोड दिनुपर्ने बताए । साथै, आगामी दिनमा फोक्सोको समस्याका लागि अती–सुक्ष्म–प्रकाशकीय चिप सहयोगी हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.