लगानी सम्मेलनः शोकेसमा ३७ अर्बका ३ सिमेन्ट उद्योग, चन्द्र ढकालको १० अर्ब, अरुको कति ?

  २०७५ चैत १३ गते १३:२०     विकासन्युज

काठमाडौं । सरकारले लगानी सम्मेलनको तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । सम्मेलनको अन्तिम तयारी भैरहँदा स्वदेशी निजी क्षेत्रले पनि उल्लेख्य रुपमा सहभागिता जनाएका छन् । निजी क्षेत्रले २७ वटा आयोजनाको लागि विदेशी लगानी प्रस्ताव गरेका छन् । जसमध्ये सिमेन्ट उद्योगका ३ वटा प्रस्ताव छन् ।

सिमेन्ट उद्योगका लागि आईएमई ग्रुप, विशाल सिमेन्ट इण्डस्ट्री प्रालि  र गरुड सिमेन्ट इण्डस्ट्री प्रालिले प्रस्ताव पेश गरेका छन् । ३ प्रालिले ३ सय ६५ मिलियन अमेरिकी डलर(३७ खर्ब रुपैयाँ)को लगानी प्रस्ताव गरेका हुन् ।

आइएमई सिमेन्ट प्रालि
आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलनमा १० अर्बको योजना अघि सारेका छन् । आइएमई सिमेन्ट लिमिटेड कम्पनीको लागी १०० मिलियन अमेरिकी डलरको आयोजना अघि सारेका हुन् । सम्मेलनमा ढकालले सिमेन्ट उद्योग प्रस्ताव गरेका हुन् । नवलपरासी जिल्लाको मध्यबिन्दु नगरपालिकामा बन्ने सिमेन्ट उद्योगमा आइएमई ग्रुपले विदेशी लगानी भित्र्याउन लागेको हो । उद्योग ०.२३७ स्वायर किलोमिटरमा फैलिनेछ । आइएमई ग्रुपले तयार गरेको योजना अनुसार उद्योगको खानी पाल्पा मदनपुर स्थीत निस्डी गाउँ पालिकामा रहनेछ । जसको क्षेत्रफल १६ वर्ग किलोमिटर रहेको छ ।

कम्पनीले १८.७२ मिलियन टन चुनढुङगा मौजाद राखिसकेको छ । उद्योगको लागि ढुङ्गा २५ किलोमिटर सडकमार्गबाट ल्याइनेछ । कम्पनीले सिमेन्ट उत्पादन गरी ठूला पूर्वाधार निर्माणको लागि प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले आयोजना पूर्वअध्ययनका लागि १ वर्ष, आर्थिक व्यवस्थापन १ वर्ष र २ वर्षभित्र सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ । आइएमई ग्रुपले सिमेन्टमा लगानी गर्न लागेको यो पहिलो उद्योग हो, यसअघि सो ग्रुपले केबलकार, बैंक तथा वित्तीय क्षेत्रमा लागनी गर्दै आएको छ ।

विशाल सिमेन्ट इण्डस्ट्री प्रालि

विशाल ग्रुपले १५० मिलियन डलर (करिब १५ अर्ब रुपैंया)को सिमेन्ट उद्योगमा लगानी प्रस्ताव गरेको छ । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा बन्ने सिमेन्ट उद्योगको खानी खानीबाट ४ किलोमिटर मात्रै टाढा रहेको छ । ६ महिना पूर्वअध्ययनको ररकम व्यवस्थालाई पनि ६ महिना कै समय राखिएको छ । २ वर्षमा निर्माण सम्पन्न भैसक्ने उद्योगको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर), वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र आइईईको काम भैरहेको छ । करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । उद्योग सुर्खेत जिल्लाको लखरपाटा पोखरीखण्ड नगरपालिकाको १.९६६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिने छ ।

गरुड सिमेन्ट इण्डस्ट्री प्रालि
गरुण सिमेन्ट प्रालिले सिन्धुलीको मरिनमा ११५ मिलियन अमेरिकी डलर लागतमा सिमेन्ट उद्योग खोल्ने तयारी गरेको छ । लगानी बोर्डको शोकेसमा राखिएको सो परियोजनामा प्रालिले काभ्रे खानीखोलामा खानी स्थापना गरी सिमेन्ट उत्पादन गर्ने तयारी गरेको छ । खानीको क्षेत्रफल ६.९६ वर्ग किलोमिटरमा फैलिनेछ । १ वर्ष पूर्वअध्ययन राखिएको आयोजनालाई १ वर्षभित्र आर्थिक व्यवस्थापन गर्ने तयारी छ । करिब साढे ११ अर्ब लागत अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.