नयाँ लगानीकर्तालाई डुबायो शिवम् र यूनिभर्सलले

  २०७५ चैत १२ गते १७:१२     विकासन्युज

शिवम् र यूनिभर्सलको आइतबारदेखि मंगलबारसम्मको चार्ट

काठमाडौं । शिवम् सिमेन्ट कम्पनी र यूनिभर्सल पावर कम्पनीका नयाँ लगानीकर्ताले तीन दिनमै उच्च रकम गुमाएका छन् । दोश्रो बजारमा कारोबार शुरु भएको लगातार तेस्रो दिन  अर्थात मंगलबारसम्म शिवमका लगानीकर्ताले प्रतिकित्ता १२४ रुपैयाँ र यूनिभर्सलका लगानीकर्ताले प्रतिकित्ता ८१ रुपैयाँ गुमाएका छन् ।

गत आईतबार प्रतिकित्ता ४६४ रुपैयाँदेखि कारोबार शुरु भएको शिवमकाे सेयर मूल्य मंगलबारसम्म घटेर ३४० रुपैयाँमा झरेको छ । त्यस्तै, यूनिभर्सलको पनि प्रतिकित्ता ३०० रुपैयाँदेखि कारोबार भएको थियो । मंगलबार घटेर प्रतिकित्ता २१९ रुपैयाँमा झरेको छ ।

लगातार तीन दिनकै कारोबारमा दुबै कम्पनीको सेयर बेच्नेको चाप देखिएको थियो तर सेयर किन्न इच्छुक लगानीकर्ता कोही थिएनन् । जसले आगामी दिनमा यी दुबै कम्पनीको सेयर मूल्य अझ घट्ने संकेत देखाएको छ ।

आइतबारदेखि मंगबारसम्म शिवमको कुल १९ लाख ४५ हजार ३७० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिसम्मको कुल ५७ वटा कारोबारमा ४ हजार ५१० कित्ता सेयर बिक्री भएको छ । त्यस्तै, यूनिभर्सल पावरको पनि तीनदिनमा कूल एक लाख ९१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको कुल २७ पटक भएको कारोबारमा ७६० कित्ता सेयर कारोबार भएको छ ।

नेप्सेमा हालै मात्र सूचिकृत यी दुबै यस्ता कम्पनी हुन् जसको आईपीओमा लगानीकर्ताले जति आवेदन दिएका थिए त्यतिनै पाएका थिए । सेयर मूल्यमा उच्च रकमको गिरावट देखिएपनि आजको दिनसम्म यी दुबै कम्पनीका लगानीकर्ता घाटामा छैनन् ।

यद्दपी अझैपनि कम्पनीको सेयर मूल्य आईपीओको मूल्यभन्दा घट्ने हो की भन्ने त्रास चै नयाँ लगानीकर्तामा देखिएको छ । नयाँ लगानीकर्ता जसले आईपीओमा लगानी गर्दा डुब्दैन भन्ने विश्वासले लगानी गरेका थिए तिनीहरुको लगानी डुब्नेवालामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.