नयाँ वर्षमा महिन्द्राको बन्डल अफर, १० हजारदेखि १ लाख रुपैयाँसम्म क्यास ब्याक

  २०७५ चैत ११ गते १८:१३     विकासन्युज


काठमाडौं । अग्नि ग्रुप अन्तर्गत अग्नि मोटोइन्क प्रालिले नयाँ वर्ष २०७६ को अवसरमा ‘खुशी आउछ बन्डलमा’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत हरेक बाइक तथा स्कुटरको खरिदमा इन्स्ट्यान्ट क्यास ब्याक प्राप्त गर्न सकिन्छ । स्क्र्याच कुपनमा हरेक ग्राहकले न्यूनतम १० हजारदेखि १ लाख रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सक्ने छन् ।

साथै एक वर्षको लागि तेस्रो पक्ष बीमा तथा सवारी करको सुविधा तथा आकर्षक हेलमेन्ट पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अवधिभित्र महिन्द्राका स्कुटर वा मोटरसाइकल खरिद गर्ने ग्राहकलाई प्रदान गरिएको कुपनलाई लक्की ड्रमा समावेश गराइने छ र हरेक १५ दिनमा एक जना भाग्यशाली व्यक्तिलाई होम अप्लायन्सहरु प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.