नेपाल-जापानबीच कामदार लैजाने समझदारीमा हस्ताक्षर, मासिक तलब ३ लाख रुपैयाँसम्म हुने

  २०७५ चैत ११ गते १३:४७     विकासन्युज

काठमाडौँ । नेपाल र जापान सरकारबीच दक्ष नेपाली कामदार पठाउने सम्बन्धी सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा एक कार्यक्रमकाबीच कामदार साझेदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी पत्रका नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिथी साइगोले हस्ताक्षर गरेका छन् । कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको उपस्थित रहेको थियो ।

जापानले कृषि, नर्सिङ केयर, सवारी साधन मर्मत तथा संभार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्टस् उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलोक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, विल्डिङ सरसफाइ ब्यवस्थापन, जहाज र जहाज पार्टपुर्जा उद्योग एवं हवाइ उद्योगमा श्रमिक लैजाने छ ।

१४ वटै कार्यक्षेत्रमा खुला गरिएको भएपनि कुन कुन क्षेत्रमा कति संख्यामा नेपाली श्रमिकरुको माग हुने भन्ने विषय निश्चित हुन बाँकी रहेको जनाइएको छ । कामदार पठाउन सरकारले छुट्टै संयन्त्र बनाउने र मासिक तलब ३ लाख रुपैयाँसम्म हुने बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.