दुई कम्पनीको एक अर्ब ५७ करोडको आईपीओ आउँदै, हेरौँ क-कसको कति ?

  २०७५ चैत ११ गते १३:३२     विकासन्युज

काठमाडौं । साञ्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कूल एक अर्ब ५७ करोड ३८ लाख १५ हजार रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले आइतबार मात्रै यी दुई कम्पनीलाई साे मात्रा अर्थात एक कराेड ५७ लाख ३८ हजार १५० कित्ताको सेयर जारी गर्न अुनमति दिएको हो ।

बोर्डको अनुमति पाएसँगै साञ्जेन लघुवित्तले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । कम्पनीले बिक्री प्रबन्धक नागरिक लगानी कोष मार्फत अंकित मूल्य १०० रुपैयाँ दरको ५४ लाख ७५ हजार कित्ता सेयर जारी गर्ने छ ।

त्यसैगरी, रसुवागढी हाइड्रोले अंकित मूल्य १०० रुपैयाँ दरले एक करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर बिक्री गर्न बोर्डको अनुमति पाएको हो । कम्पनीले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत एक अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.