कामना सेवा विकास बैंकबाट एभरेष्ट इन्स्योरेन्सका सेवा पाइने

  २०७५ चैत ७ गते १४:०९     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

सो सम्झौता पत्रमा बिहीबार कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

संझौतापछि बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जीवन बीमालेखहरु उपलब्ध हुने छन् । साथै बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.