नेप्से ५ अंकले बढ्दा नेशनल लाइफ इन्स्योरेन्सको एकैदिन २२ करोडको सेयर किनबेच

  २०७५ फागुन ३० गते १५:३२     विकासन्युज

काठमाडौं । बिहीबारको नेप्से परिसूचक सामान्य ५.४० अंकले उकालो लागेर ११५५ अंकमा पुगेको छ । पुँजी बजारमा ५ लाखभन्दा कमको कारोबारमा प्यान एैच्छिक गर्ने नेपाल धितोपत्र बोर्डको निर्णय पछि उकालो लाग्न थालेको बजार अन्तत अघिल्लो दिनको तुलनामा ०.४७ प्रतिशतले बढेर बन्द भएको छ ।

सामान्य अंकले बढेको बजारमा सामान्य कारोबार भएको छ । कुल ४८ करोड ५८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी सेयर किनबेच भएको छ । समग्रमा भन्नुपर्दा इन्स्योरेन्सको झण्डै कुल कारोबारको आधा जस्तो हाराहारीमा सेयर किनबेच भएको छ ।

यस इन्स्योरेन्सको एकैदिन २२ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । इन्स्योरेन्सको संस्थापक र साधारण सेयर गरी सो मात्राको सेयर कारोबार भएको हो । सो मध्ये सबैभन्दा बढी संस्थापक सेयर बिक्री भएको छ । जसको एकैदिन २१ करोड रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ भने एक करोड ५७ लाख रुपैयाँ बराबरको साधारणसेयर किनबेच भएको छ । कम्पनीको ब्रोकर नंम्बर २० र ४९ मार्फत कुल एक लाख ९६ हजार २६२ कित्ता सेयर २१ करोड रुपैयाँमा किनबेच भएको हो ।

बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर काराेबार भएकाे फ्लोरसीट

बिहीबार नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता १०७० र साधारण सेयरको मूल्य प्रतिकित्ता ६६९ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.