महोत्तरीको बर्दिवासमा कामना सेवाकोे ७३औँ शाखा

२०७५ फागुन ३० गते १४:५२ विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाका बर्दिवास नगरपालिकाको वडा नं ०१ मा बिहीबार ७३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।

बैंकका सञ्चालक भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं. २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।