बुटलवमा खुल्यो गुहेश्वरी मर्चेण्टको बाह्रौं शाखा

  २०७५ फागुन २९ गते १४:१३     विकासन्युज

काठमाडौँ । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.ले रुपन्देहीको बुटवलमा बाह्रौँ शाखा कार्यालय सञ्चालन गरेको छ । नेपाल राष्ट्र बैंक, प्रदेश नं.५ का क्षेत्रीय निर्देशक अशोककुमार पौडेल तथा संस्थाको अध्यक्ष श्रीमान श्रेष्ठले एक समारोहका बीच शाखा कार्यालय गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठ उपस्थिति रहेको थियो । कम्पनीले निक्षेप संकलन ३ अर्ब १५ करोड तथा कर्जा ३ अर्ब २ करोड प्रवाह गरी ४ करोड ३९ लाख संचालन मुनाफा गरेको जनाएको छ ।

वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा १५ करोड १७ लाख रहेको छ । प्रधान कार्यालय हरिहर भवन, ललितपुर तथा शाखा कार्यालयहरु काठमाडौको चावहिल,चुच्चेपाटी, अजरअमर रोड, हेटौडा, आदर्श नगर, विरगञ्ज, चारआली, विर्तामोड,थानारोड, दमक, कलैया बजार, बारा, मेनरोड ,जीतपुर, जनकपुर, धनुषा, नारायणगढ चितवन, देवकोटा चोक भैरहवा र रुपन्देहीको शाखा कार्यालयबाट सेवा प्रदान गर्दैै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.