माछापुच्छ्रे बैंकबाट सिटिजन लाइफइन्स्योरेन्सको बीमा सेवा पाइने, दुई कम्पनीले गरे संझौता

  २०७५ फागुन २९ गते ११:५३     विकासन्युज


काठमाडौँ । सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच ‘बैंकास्योरेन्स’ सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा सिटिजन लाइफइन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफइन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंकबीच भएको यो सम्झौताले ग्राहकवर्गका लागि थप सुविधा हुने विश्वास दुवै कम्पनीले लिएका छन् । सम्झौता अनुसार ग्राहकहरुले माछापुच्छ्रे बैंकका सम्पूर्ण शाखाहरुबाट सिटिजन लाइफइन्स्योरेन्सको जीवन बीमालेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी गर्न लगायत सम्पूर्ण जीवनबीमा सेवाहरु प्राप्त गर्न सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.