सोमबार नेप्से र कारोबार रकम दुबैमा वृद्धि, अधिकांश बैंकको बढी किनबेच

  २०७५ फागुन २७ गते १५:३०     विकासन्युज

काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । आइतबार प्राविधिक समस्याका कारणले बजार खुलेकाे डेढ घण्टा मात्रै कारोबार भएको बजारमा सोमबार भने पुरा समय कारोबार भएको छ ।

सो दिन नेप्से परिसूचक १४.२८ अंकले बढेर ११४२ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.२६ प्रतिशतले बढी हो । त्यस्तै, परिसूचक सँगै कारोबार रकममा पनि सुधार देखिएको छ । केहि समययता १५ देखि ३० करोडको हाराहारीमा कारोबार भइरहेको बजारमा सोमबार भने ४० करोड २८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

कुल १७१ कम्पनीको कारोबार भएको बजारमा १३ लाख ४७ हजार कित्ता सेयर बिक्री भएका छन् । जसमध्ये ६ वटा वाणिज्य बैंकहरु सबैभन्दा बढी कारोबार गर्नेको सूचिमा परेका छन् ।  रकमका अधारमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १११६ रुपैयाँ रहेको छ ।

त्यस्तै, एनआईसी एशियाको २ करोड २१ लाख, प्रभु बैंकको २ करोड १७ लाख, एनसीसी बैंकको एक करोड ८२ लाख, नबिल बैंकको एक करोड ११ लाख, एनएमबि बैंकको ९८ लाख र जनता बैंक नेपालको ८९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.