शाइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई एक्वायर गर्ने, स्वाप रेसियोबारे यस्तो भयो सहमति

  २०७५ फागुन २७ गते ८:५४     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति (एक्वायर) गर्ने भएको छ । आइतबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमा विकास बैंकका अध्यक्ष सुरज उप्रेतीले  संस्था प्राप्ति (एक्विजिशन) सम्बन्धी प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेसँगै एकता प्रक्रिया अघि बढेको घोषणा गरिएको हो ।

बुटवलमा मुख्य कार्यालय भएको १० जिल्लामा  कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरको विकास बैंक शाइन रेसुङ्गा र भैरहवामा मुख्य कार्यालय रहेको ३ जिल्ला कार्यक्षेत्र भएकाे क्षेत्रीय स्तरकै पूर्णिमा विकास बैंक एक आपसमा गाभिन लागेका हुन् । दुई बैंकको शेयरको स्वाप रेसियो भने डीडीए गरेपछि मात्रै निश्चित हुने शाइन रेसु्ङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

याे सम्झाैतालाई बैंकले राष्ट्रिय स्तरको विकास बैंक बन्ने आधारको रुपमा लिएको छ ।

दुई बैंकबीचको व्यवस्थापकीय व्यवस्थापनबारे समेत सहमति भएको छ  जसअनुसार  शाइनका हालका सीईओ एक्विजिसनपछि पनि प्रमुख कार्यकारी अधिकृत रहनेछन् भने पूर्णिमा विकास बैंकका हालका प्रमुख कार्यकारी अधिकृत एक्विजिसनपछि शाइन रेसुङ्गाको डेपुटी सीईओ बन्नेछन् । मर्जर प्रक्रिया दुई महिनाभित्र टुङ्गोमा पुग्ने बताइएको छ । शाइनको हाल ३९ ओटा शाखा छन् भने पूर्णिमाको १२ शाखा कार्यालय सञ्चालनमा छन् ।

शाइनको हालको चुक्ता पुँजी १ अर्ब ६२ करोड रुपैंया छ भने पूर्णिमाको हालको चुक्ता पुँजी ५५ करोड छ । शाइनको दोस्रो बजारको मूल्य २४० रुपैंया छ भने पूर्णिमाको १८८ रुपैंया छ । दुबै बैंककाे जाेड्दा  निक्षेप करिब २० अर्ब रूपैयाँ हुने छ भने कर्जा लगानी करिब १८ अर्ब रूपैयाँ हुनेछ । एक्विजिसनपछि बैंक प्रदेश ५ मा थप सशक्त बैंक बन्ने विश्वास शाइनका सीईओ पौडेलले व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.