३ सय ६० जनाले पूरा गरे इञ्जिनियरिङको पढाई, कलेजले गर्यो बिदाई

  २०७५ फागुन १८ गते १६:१४     विकासन्युज


काठमाडौं । नेपाल इन्जिनियरिङ कलेजले कलेजमा इन्जिनियरिङ अध्ययन पूरा गरेका तीन सय ६० जना विद्यार्थीलाई राजधानीमा एक कार्यक्रम गरी विदाई गरेको छ । कलेजमा सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्समा पढाई पूरा गरेका विद्यार्थीको विदाई गरेको हो ।

कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष प्रा. दीपक भटराईले कलेजका अध्ययन पूरा गरेर कलेजले विदाई गर्नु भनेको समुद्रमा पौडन सक्ने गरी छोडनु जस्तै भएको बताए । विशाल समुद्रमा अव तपाईँहरुले समुद्रका अन्य जीवजन्तुसँंग संघर्ष गरेर अगाडि वढ्नुपर्छ, उनले भने, जुन संघर्ष कक्षाकोठाको संघर्ष भन्दा अझ वढी चुनौतीपूर्ण हुन्छ ।

कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले पढाईका साथै व्यवहार पनि उतिकै राम्रो हुनुपर्ने खाँंचो औंल्याए । नलेज इज समथिंग, आटिट्युट इज मोर थिंग (ज्ञान केही हो, व्यवहार धेरै ठूलो कुरा हों) उनले भने ।

कलेजका उपप्राचार्य दीपक धामीले एसईई, प्लस टु, स्नातक, स्नातकोतर तह जति चुनौतीपूर्ण छ त्यो भन्दा वढी चुनौतीपूर्ण जीवन संघर्ष भएको बताए । सम्वन्धित विभाग (सिभिल, आर्किटेक्चर, कम्प्युटर, इलेक्टिकल, इलेक्टोनिक्स)को संयुक्त आयोजनामा भएको कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । साथै विषयगत रुपमा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.