आइएमई जनरल इन्स्योरेन्स र हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सम्झौता

  २०७५ फागुन २ गते १३:१७     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र सर्लाहीको हरिपुर नगरपालिकाबीच निर्जीवन बीमा सम्झौता भएको छ । आइएमई जनरल इन्स्योरेन्सका सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुर र हरिपुर नगरपालिकाका नगर प्रमुख जमिरुद्धिन मन्सुरले उक्त सम्झौतापत्रका हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात हरपुर नगरपालिकाको सम्पूर्ण बीमा लगायत नगरवासीले आफनो पशु पन्छी तथा बालिनालीको बीमा ढुक्कसंग आइएमई जनरल इन्स्योरेन्सबााट गर्नसक्ने छन् । नगरपालिकाले नगरबासीहरुको पशुधन, कृषि तथा नगरबासीहरको दुर्घटना बीमा गराई आफना नगरवासीहरुलाई सदैव ढुक्क भएर आफनो व्यावसाय गर्न प्रेरणा हुने जानकारी दिए ।

सोही अवसरमा नगर प्रमुख जमिरुद्धिन मन्सुरले आफूले आफना नगरवासी दाजुभाई तथा दिदी बहिनीहरुको भैतिक सम्पत्ति, व्यक्तिगत दुर्घटना लगायत पशु, पन्छी, बालीनालीको बीमा पश्चात नगरवासी दाजुभाई तथा दिदी बहिनीको सम्पत्तीको कुनै क्षेति भएमा तथा कृषिमा कुनै दुर्घटना भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न सकिने छ ।
आइएमई जनरल इन्स्योरेन्सका सहायक महा प्रबन्धक मुनिन्द्र ठाकुरले नगरपालिकाले आफना नगरबासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसंग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.