गुराँस लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता

  २०७५ फागुन १ गते १६:२१     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र कैलाश विकास बैंककाबीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगद फिर्ता जीवन बीमा र योजनामा सावधिक , आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले उक्त सम्झौता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.