तातोपानी पिउँदा फाईदै फाईदा, कहिलेपनि उठेर र एकैपटकमा धेरै पानी नपिऔं

  २०७५ फागुन १ गते १६:००     विकासन्युज

काठमाडौं। पानी हाम्रो शरीरको लागि अति आवश्यक तत्व हो। पानी पिउनको अनेक फाईदा छन्। यसले रोगबाट बच्नको साथै छालामा ताजापन र शरीरमा स्फूर्ती पनि ल्याउने गर्दछ। यसमा पनि तातो पानी धेरै फाईदाजनक मानिन्छ।

बिहान उठेपछि र राती सुतेपछि तातो पानी पिउनाले पेट सफा गरिदिन सक्छ। जसले गर्दा पेटका रोग, जस्तै : ग्यास्ट्रिक, पाचन शक्तिको कमजोरीबाट छुटकारा दिन्छ।

पानी पिउँदा धेरै तातो पिउनु हुँदैन । मनतातो पिउनुपर्छ र पानी पिउँदा कहिले पनि उठेर र एकैपटकमा पिउनु हुँदैन। उठेर र एकै पटकमा पिएको पानीले बसेर विस्तारै पिएको पानीले जति फाइदा गर्दैन । पानी पिउँदा खाना भन्दा आधा घण्टा अगाडी र खान पछि १ घण्टा पछाडी मात्र पिउनुपर्छ। गुलियो पदार्थ र फलफूलसंग पानी पिउनु हुँदैन।

तातो पानी पिउनाले मोटोपन कम हुन्छ। किनभने तातो पानीले कोलेस्ट्रोल र फ्याटलाई कम गरिदिन्छ। तातो पानी पिउनाले पेटको पाचन शक्ति राम्रो बनाउनुका साथै, ग्यास्ट्रिक, एसिडिटीलाई भगाईदिन्छ। पेट सफा गर्नको लागि हरेक बिहान खाली पेटमा ३ वा चार गिलास तातो पानी पिउनुपर्छ।

तातो पानी पिएपछि त्यसले चिसो पानीको तुलनामा बढी पसिना निकालिदिन्छ। जसले गर्दा हाम्रो शरीरको विकार बाहिरिन्छ। तातो पानी पिउनाले रगत सफा र सही गतीमा हुनुका साथै शरीरमा चिसो पनि लाग्दैन। जसले गर्दा रुघा-खोकीको समस्याबाट छुटकारा मिल्छ।

त्यस्तै तातो पानी, ज्वरो आएका व्यक्ति तथा शरीरका अंग दुखेको व्यक्ति, बाडुली लागिरहेका व्यक्तिलाई पनि औषधी सावित हुन्छ।

नियमले तातो पानी पिउनाले छालामा रहेको दाग धब्बा हट्दै जान्छ र अनुहार सुन्दर तथा ताजा देखिन्छ। तातो पानीले खराब कोलेस्ट्रोल कम गरिदिने र रगतको सर्कुलेसनलाई सहि ठाउँमा ल्याउने हुँदा मुटुको रोगबाट पनि छुटकारा मिल्छ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.