अजोड र सुमेरुबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता

  २०७५ माघ २४ गते १८:२८     विकासन्युज

काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड र सुमेरु हस्पिटल प्रा लि धापाखेल बीच नगद रहितउपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री तथा अस्पतालका तर्फबाट निर्देशक दिलिपकुमार डंगोलले हस्ताक्षर गरेका छन् ।

सम्झौता बमोजिम अजोड इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु हस्पिटलबाट क्यासलेस अर्थात नगद रहितउपचार सेवाउपयोग गर्न पाउने छन ।

अजोड इन्स्योरेन्स लिमिटेडले स्वास्थ बीमामा जोड दिएको र भविश्यमा धेरै भन्दा धेरै मानिसमा स्वास्थ बीमाबारे सचेतना बृद्धि गर्ने उद्धेश्यले  सम्झौता गरेको जनाएको छ । देशैभरीका हस्पिटलसंग सम्झौता गर्ने उद्देश्यका साथ उपत्यकाका बिभिन्न हस्पिटलमा उक्त सम्झौता भइसकेको र अब छिटै उपत्यका वाहिरका अस्पतालमा पनि सम्झौता गर्ने अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.