युनाइटेड ट्रेडर्सले सार्वजनिक गर्यो टोयोटा ड्रिम कार कन्टेस्टका विजेताको नाम

  २०७५ माघ २३ गते १८:४१     विकासन्युज

काठमाडौँ । टोयटाको नेपालकै एकमात्र अधिकृत बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले टोयोटा ड्रिम कार राष्ट्रिय प्रतियोगिताको बिजेताको नाम सार्वजनिकसमारोहको आयोजना गरेको छ ।

२०१८ नोभेम्बर २०१८ देखि २०१९ फेब्रुअरीसम्म संचालित सो प्रतियोगितामा ९०० भन्दा बढीको सक्रिय सहभागिता रहेको थियो । प्रतियोगितामा प्रवेश भएका सहभागीहरु मध्ये हरेक चरणका ३ उत्कृष्ट बिजेताहरुलाई छनौट गरि जापानमा हुन गइ रहेको विश्व प्रतियोगितामा सहभागि गराइने भएको कम्पनीले जनाएको छ ।

प्रतियोगिताले विश्वव्यापक रुपमा हरेक उमेरका बालबालिकाहरुको कला र प्रतिभालाई चित्रण गरी भबिष्यको सवारी उत्पादनमा नयाँ स्वोरुप दिन सकिने हिसाबले सो प्रतियोगिताको आयोजना गरिएको हो ।

हरेक आविष्कार सपनाको अद्भुत स्वरुप हो (एभ्री ग्रेट आइडिया वाज बोर्न इन दि ग्लिमर अफ अ ड्रिम), यस मूल मन्त्रलाई आत्मसाथ गरी टोयोटाले आफ्नो हरेक उत्पादनलाई नयाँ उचाइ तर्फ लग्ने र यस्ता प्रतियोगिताले अझ आउने पिढीलाई प्रोत्शाहन र प्रेरणा गर्नेमा टोयोटा बिश्वस्त रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.