प्रभु बैंकको सीईओमा अशोक शेरचन पुनः नियुक्त

  २०७५ माघ ११ गते १३:२२     विकासन्युज

काठमाडौं । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अशोक शेरचन पुनः नियुक्त भएका छन् । बैंकको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओ पदमा शेरचनलाई पुन: नियुक्त गरेको हो ।

सीईओ शेरचनले आगामी माघ १८ गतेदेखि आफ्नो दोश्रो कार्यकाल सम्हाल्नेछन् । उनले आगामी ४ वर्षसम्म बैंकको सीईओ पदको जिम्मेवारी सम्हाल्ने बैंकका कम्पनी सचिव अमित भण्डारीले बताएका छन् ।

प्रभु विकास बैंककाे सीईओ हुँदै प्रभु बैंककाे सीईओ भएका शेरचनकाे पहिलाे कार्यकालमा बैंकका सबै परिसूचक राम्राे भएकाे छ । उनी प्रभु बैंककाे सीईओ भन्दा बैंककाे खराव कर्जा अधिक थियाे । उनकाे कार्यकालमा खराव कर्जाकाे असुलीमा उल्लेख्य प्रगति भएकाे छ ।  बैंककाे निक्षेप, कर्जा लगायत व्यवसाय विस्तार राम्राे छ । बैंकले नाफा पनि राम्राे गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.