‘सोरठी’ संरक्षणमा जुट्दै म्याग्दीका मगर समुदाय

  २०७५ माघ १० गते १४:३२     विकासन्युज

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका मगर समुदायका मानिसहरु पुख्र्यौली संस्कृतिको रुपमा चिनिने सोरठी संरक्षणमा लागेका छन् ।

बेनीस्थित लिटल गार्डेन एकेडेमीमा कक्षा २ मा अध्ययनरत प्रदिप पाइजाले तीन महिना अघि गाउँमा आफ्नो ठूलो बुबामार्फत पुख्र्यौली नाच सिकेका थिए ।

“गाउँमा हरेक कार्यक्रममा पुख्र्यौली नाच्ने चलन छ, स–सानाले पनि यस्तो नाच सिक्नुपर्छ भनेपछि मैले पनि सिकेको बताउँदै माघे संक्रान्तिको समयमा बेनीमा आयोजित कार्यक्रममा पुख्र्यौली नाच्दै गरेका पाइजाले भने । सोरठी गीतको भाकामा मादलको तालमा नाचिने यो नृत्य मगर समुदायको विवाह, व्रतबन्ध, क्षवर लगायतका शुभकार्यहरुमा अनिवार्य देखाउने चलन छ ।

दुःख पर्दाको समयमा सान्त्वना दिन सोरठी भाकामा गाउने चलन छ । पहिलो पटक सार्वजनिक कार्यक्रममा मारुनीको भूमिकामा नाचेका अन्नपूर्ण गाउँपालिका–३ दानाका १६ वर्षीय युवक सन्तोष पुन मनोरञ्जन र रमाइलो सँगै पुराना संस्कृति जोगाउन आफूले नाच सिकेको बताउँछन् ।

अध्यक्ष थजालीले भने – भाषा, कला र संस्कृतिको संरक्षण हाम्रो पहिलो दायित्व हो । केही नयाँ पुस्ताले शीप र क्षमताको विकास पनि गरेका छन् । पुख्र्यौली संस्कृतिबारे थप तालीम सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएका छन् । मगर सङ्घले दुई वर्ष अघि बेनीमा पुख्र्यौली कला र संस्कृति संरक्षणका लागि दोस्रो पुख्र्यौली नृत्य प्रतियोगिता नै सम्पन्न गरेको थियो । रासस

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.