महानगरीय प्रहरी परिसर टेकुसहित ३ संस्थालाई गर्याे जनता बैंकले सहयोग

  २०७५ माघ ६ गते १५:२०     विकासन्युज

काठमाडौं । ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रममा जनता बैंकले सचेतना मुलक सामाग्री प्रदान गरिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुमा नवनिर्मित नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बैंकको संस्थागत मामिला तथा सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५हजार थान जानकारी मुलक स्टिकर प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरेका थिए ।
उक्त हस्तान्तरण गरिएको स्टिकरमा सिधा सम्पर्क गर्न सकिने प्रहरी अधिकारी र कार्यालयको सम्पर्क नम्बरहरु उल्लेख गरिएको छ । प्रहरीका अनुसार महानगरका करिब ४ लाख घरमा यस्तो स्टिकर राखिने कार्यक्रम रहेको जनाएका छन् ।

त्यस्तै जनता बैंकले चितवनस्थित जमुनापुर हेल्थ सोसाइटीलाई सामुदायिक भवन निर्माण सहयोगार्थ रु. १ लाख ५० हजार र धरानमा अवस्थित असहाय सहयोग परिषदलाई रु. १ लाख सञ्चालन अनुदान प्रदान गरिएको छ । यसैगरी त्रिवेणीघाट पनौतीमा रहेको मैंत्री वृद्धाश्रममा ३६० लिटर क्षमताको सोलार वाटर हिटर जडान गरी हस्तान्तरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.