हिमालयन हाइड्रो एक्स्पो आजदेखि, ४० हजार तिरेर हेलिकोप्टरमा आयाेजना हेर्न पाइने

  २०७५ माघ ४ गते ८:५५     विकासन्युज

 

काठमाडौं । दोस्रो ‘हिमालयन हाइड्रो एक्स्पो’ आज (शुक्रबार) देखि सुरु हुँदैछ । स्वतन्त्र उर्जा उत्पादक संघको काठमाडौंको भृकुटीमण्डपमा आयोजनामा हुने उक्त एक्स्पोको उद्घाटन शुक्रबार ११ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्नेछन् । एक्स्पोमा ८५ भन्दा बढी स्टल रहनेछ जसमा जलविद्युत् प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहने आयोजकले जनाएको छ ।

एक्स्पोमा चीन, भारत, अष्ट्रिया, कोरिया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायत लगायत मुलुकका जलविद्युत क्षेत्रसँग सम्बन्धित कम्पनीहरु एक्स्पोमा सहभागि हुँदै छन् । जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धित कम्पनीहरुको धेरै सहभागिता एक्स्पोमा हुने भएको छ ।

आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरणका क्षेत्रमा प्रख्यात भोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतका प्रदर्शक आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

यो एक्स्पोको विशेष आकर्षणका रुपमा हेलिकोप्टरबाट नेपालको विभिन्न जलविद्युत आयोजना तथा प्रसारण लाइनको भ्रमण गराउने कार्यक्रम रहेको पनि आयोजकले जनाएको छ । आयोजकले दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानहरुमा २ घण्टा हेलिकोप्टरमार्फत् अवलोकन भ्रमण गराउँछ जसका लागि अवलोकन गर्न इच्छुक व्यक्तिले प्रतिव्यक्ति ४० हजार रुपैंया तिर्नुपर्ने आयोजकले प्रष्ठ पारेको छ ।

नि:शुल्क रुपमा प्रवेश गर्न पाइने एक्स्पाेमा एक लाख भन्दा बढीकाे सहभागिता हुने अायाेजकले लक्ष्य लिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.