भरतपुरमा आशा लघुवित्तले गर्यो कर्जा जोखिम व्यवस्थापन तालिम

  २०७५ माघ ३ गते १८:०२     विकासन्युज

काठमाडौं । भरतपुरमा आशा लघुवित्तको कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न भएको छ । १, २, ३ र ४ नम्बर प्रदेशहरुमा सञ्चालित २७ वटा शाखा कार्यालयहरुमा कार्यरत ७१ जना फिल्ड सहायक कर्मचारीहरुको सहभागिता रहेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गरेका थिए । यस प्रकारका तालिमहरुले फिल्ड कर्मचारीहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने बताएका छन् ।

तालिम कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालि., भरतपुर शाखाका प्रबन्धक सुर्यप्रसाद पौडेलले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिएको थिए ।

हालसम्म वित्तीय संस्थाले २८ वटा जिल्लाहरुका ४५ शाखा कार्यालयहरु मार्फत करीब ३९ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करीब रु. १ अर्ब ५० करोड कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ३४ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागिय प्रमुख रबिन खतिवडाले तथा दिपेन्द्र खनालले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरेका थिए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ककनी– ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.