भीभोका नयाँ स्मार्टफोन लन्च हुँदै, मूल्य २० देखि ३० हजार पर्ने

  २०७५ माघ ३ गते १६:३६     विकासन्युज

काठमाडौं । भीभोले नेपाली बजारमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यहि जनवरीको अन्तिम साता बजेट सिरिजका तीन नयाँ स्मार्टफोनहरु ल्याउने जानकारी दिएको छ । भीभोको वाई सिरिजमा वाई ९१ आई वाई ९१ र वाई ९५ स्मार्टफोन सार्वजनिक गर्ने कम्पनी स्रोतले जानकारी दिएको छ ।

कम्पनीले बजेट र मिड रेन्जमा ल्याउने यी स्मार्टफोनहरुमा शक्तिशाली व्याट्री प्याक राखिएको छ । भीभोका सन् २०१९ को शुरुवातमा नै आउने स्मार्टफोनहरुमा ठूलो साइजको स्क्रीन हुनेछ भने ड्यूल रियर क्यामरा पनि राखिनेछ । नेपाली बजारमा वाई ९१ को मूल्य २५ हजार रुपैयाँ भन्दा तल नै हुने तथा वाई ९१ आईको बजार मूल्य २० हजार रुपैयाँ भन्दा कम नै हुने अनुमान गर्न सकिन्छ ।

भीभो वाई ९१ आई र ९१ मा ६.२२ इन्चको एचडी प्लस हालो फूलभ्यू डिस्प्ले छ भने १३ प्लस २ मेगापिक्सेलको ड्यूल रियर क्यामरा पनि छ । भीभो वाई ९१ आई मा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने ४०३० एमएएचको ब्याट्री प्याक रहेको छ ।

हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको यो स्मार्टफोन एन्ड्रोयड ८.१ मा आधारि फनटच ४.५ ओएसमा संचालन हुन्छ । त्यसैगरि वाई ९१ स्मार्टफोनमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने यसमा पनि ४०३० एमएएचको ब्याट्री प्याक राखिएको छ । यसमा पनि हेलियो पी २२ अक्टा कोर प्रोसेसर रहेको बताएका छन् ।

वाई ९१ आईमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज हुनेछ भने वाई ९१ स्मार्टफोनमा २ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । भीभोले अर्को स्मार्टफोन पनि बजारमा ल्याउने तयारी गरेको छ जून वाई ९१ आई र वाई ९१ भन्दा माथिल्लो रेन्जको स्मार्ट फोन हो ।

तर यसमा क्वालकम स्न्यापड्रागन ४३९ अक्टा कोर प्रोसेसर राखिनुका साथै ४ जीबी र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ । यो स्मार्टफोनमा सेल्फीका लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ । वाई ९५ स्मार्टफोनको मूल्य नेपाली बजारमा ३० हजार रुपैयाँ भन्दा कम हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.