साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षले लिए शपथ ग्रहण, सञ्चालक समितिमा ६ जना

  २०७५ माघ १ गते १६:२०     विकासन्युज

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा अच्युुतप्रसाद प्रसाई चयन भएका छन् । पुस ३० गते बसेको संस्थाको २२४औँ बैंठकले सञ्चालक समितिको अध्यक्षमा प्रसाईलाई चयन गरेको हो ।

नवनियुक्त अध्यक्ष प्रसाईले माघ १ गते नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने व्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् ।

सोमबार सम्पन्न चौंधौ बार्षिक साधारण सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३/३ जना गरि जम्मा ६ जनालाई संचालकमा निर्वाचित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.