घरमै बसेर अनलाइनमार्फत खानेपानीको महशुल भुक्तानी

  २०७५ पुष २८ गते १२:५९     विकासन्युज

चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अनलाईनमार्फत खानेपानीको महसुल बुझाउने व्यवस्था मिलाएको छ । यो सेवा सुरुआतसँगै अब घरमै बसेर ग्राहकले खानेपानीको महसुल भुक्तान गर्न सक्नेछन् ।

ग्राहकको समय, लाईन बस्नुपर्ने अवस्थाको अन्त्यका साथै प्रविधिको विकास गर्ने उद्देश्यले अनलाईन सेवा सुरु गरिएको खानेपानी संस्थाका अध्यक्ष भीष्मराज पौडेलले जानकारी दिए ।

अनलाईन सेवाका लागि खानेपानी संस्थाले दियालो टेक्नोलोजीसँग सहकार्य गरिएको छ । संस्थाले रत्ननगरको वडा नम्बर ६ र ७ बाहेक अन्य सबै वडामा खानेपानीको सुविधा उपलव्ध गराउँदै आएको छ । संस्थाका अध्यक्ष पौडेलका अनुसार यस संस्थाको ७ हजार ६ सय ग्राहक रहेका छन् ।

दैनिक ५४ लाख लिटर शुद्ध खानेपानी संस्थाबाट खपत हुँदै आएको छ । नगरभित्र प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्‍याउन विपन्न, दलित, सुकुम्बासी , सीमान्तकृत समुदायका लागि खानेपानी धारा जडानमा ५० प्रतिशत छुटको व्यवस्थासमेत रहेको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म ५५ घरधुरीले सो सुविधा पाइसकेका छन् । एउटा धारा जडान गर्न ९ हजार ५ सय रुपैयाँ लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.