नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच सम्झौता

  २०७५ पुष २५ गते १७:३०     विकासन्युज

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीसँग प्रभु लाइफ इन्स्योरेन्सको पुनर्बीमा सम्झौता भएको छ । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

नेपाल पुनर्बीमा कम्पनी र प्रभु लाइफ इन्स्योरेन्सबीच नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २०% प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न गर्ने भएको छ ।

उक्त व्यवस्थाले चालु आर्थिक वर्षको आरम्भ देखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.