नेपाल फर्निचर तथा फर्निसिङ संघकाे नयाँ नेतृत्व गठन

  २०७५ पुष २३ गते १६:४७     विकासन्युज

काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ संघको १९ औं बार्षिक साधारण सभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको साधारण सभाले नयाँ कार्य समितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन् । महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण ब्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह कोषाध्यक्षमा सुष्मा लम्साल चयन भएका छन् ।


निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल सहितसंघको १९ सदस्यीय कार्य समितिमा अरुण कुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलबिक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठको प्रमुख आतित्थमा संचालन भएको साधारण सभाले संघको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा चालु आर्थिक बर्षको अनुमानित बजेट समेत पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.