एनआईसी एशियाको थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा दार्चुलामा

  २०७५ पुष १९ गते ११:५३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले यु के एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लामा शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त जिल्लाको महाकाली नगरपालिका, वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा २१ औं र २२ औं शाखा रहित बैंकिङ्ग सेवा पुस १७ र १८ गतेबाट संचालनमा ल्याएको हो ।

बैंकले महाकाली नगरपालिका, वडा नं.७ धापमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिंह ठगुन्नाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा शेर सिंह रैखोलालाई नियुक्त गरेको हो ।

यसैगरि महाकाली नगरपालिका,वडा नं.९ दत्तुमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन महाकाली नगरपालिका, वडा नं.९ का वडा अध्यक्ष हरसिंह डाँगाले गरेका थिए । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा कृष्ण सिंह चौैसिरलाई नियुक्त गरिएको छ ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २१३ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६८ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४६ अर्ब बनाउन सफल भएको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.