सेयर कारोबारीलाई ग्लोबल आइएमई बैंकको नयाँ बचत खाता, अनलाइनबाट सबै कारोबार

  २०७५ पुष १८ गते २०:४६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक नेप्सेको अनलाईन शेयर कारोबार प्रणालीमा आबद्घ भएको छ । यस मार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद विक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन ।

यसै सम्बन्धमा बैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदान गर्ने उद्घेश्यले “ग्लोबल शेयर लगानी बचत खाता” सञ्चालनमा ल्याएको हो । यस बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईन प्रणालीबाट शेयर कारोबार गर्न तथा शेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सकिने बैंकले जनाएको छ ।

उच्चतम ब्यादर पाइने यस बचत खातामा निशुल्क भाईवर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने छ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिन मिल्ने एव्म आस्वा सुबिधा, इन्टरनेट बैंकिंङ्ग र चेकबुक निशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पनि पाइने छ ।

यसअघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिंङ्ग सेवा लिई अनलाईन शेयर कारोबार गर्न पाउने बैंकले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.