प्रभु बैंकमा खाता हुनेले सेयर कारोबार गर्न ब्रोकरकोमा जानै नपर्ने

  २०७५ पुष १७ गते १८:५०     विकासन्युज

काठमाडौं । प्रभु बैंकले मंगलबारदेखि ‘प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाता’ सञ्चालनमा ल्याएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले पुस १७ गतेदेखि सञ्चालनमा ल्याएको स्वचालित अनलाईन कारोबारको राफसाफको लागि उक्त खाता संचालनमा ल्याएको हो ।

उक्त कारोबारको लागि नेप्सेले प्रभु बैंकलाई नयाँ अनलाईन कारोबार प्रणालीमा समावेश गरी स्वचालित अनलाईन कारोबारको राफसाफ बैंकको रुपमा तोकेको छ । अब प्रभु बैंकमा खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन सेयर कारोबार गरी सेयर खरिद बिक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा सेयर दलाल(ब्रोकर) तथा बैंकसम्म पुग्नु नपर्ने बैंकले जनाएको छ ।

बैंकले संचालनमा ल्याएको प्रभु अनलाईन ट्रेडिङ्ग बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसीबसी सजिलै स्वचालित अनलाईन सेयर कारोबार गर्न तथा सेयर खरिद विक्री बापतको रकम राफसाफ गर्न सक्नेछन् । प्रभु बैंकले सञ्चालनमा ल्याएको बचत खाता खोली कारोबार गर्ने लगानीकर्तालाई प्रभु बैंकबाट निःशुल्क ई बैंकिङ सेवा उपलब्ध हुने कम्पनीले जनाइको छ ।

यस खाताबाट स्वचालित प्रणाली अन्तर्गत अनलाईन सेयर कारोबार गर्न चाहने सम्पूर्ण लगानीकर्ताहरुलाई सेयर कारोबार गर्न सजिलो हुनुका साथै नेपालको पूँजीबजारको विकासमा समेत टेवा पुग्ने बैंकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.