सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७५ पुष १७ गते १६:५० विकासन्युज

काठमाडौं । सिन्धु बिकास बैंक र प्रभु इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले हस्ताक्षर गरेका छन्  ।

सम्झौताबाट सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्ने छन् ।