सबैको लघुवित्तको दोश्रो वार्षिक साधारण सभामा ९१ लाख नाफा सार्वजनिक

  २०७५ पुष १५ गते १३:००     विकासन्युज

काठमाडौं । तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको संस्थाका अध्यक्ष सृजना जोशीले बताइन ।
संस्थाले गत मंसिर मसान्त सम्म ३३ शाखाहरु मार्फत् १९ हजार १२९ सदस्यहरुमा असुल गर्न बाँकी कर्जा रु. १ अर्ब ५ करोड ८२ लाख २८ हजार लगानी गरी रु. २१ करोड ३२ लाख ५७ हजार बचत गरेको छ । यस अवधीमा संस्थाले रु ९१ लाख २ हजार खुद नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशव पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.