विभिन्न समाजिक कार्यक्रम गर्दै लक्ष्मी ग्रुपले मनायो ४५औं वार्षिकोत्सव, आगामी वर्षहरुमा पनि निरन्तरता दिने

  २०७५ पुष ५ गते १८:३८     विकासन्युज

काठमाडौं । लक्ष्मी ग्रुपले बिहीबार आफ्नो ४५औं वार्षिकोत्सवको सम्पन्न गरेको छ । सो अवसरमा ग्रुपले विभिन्न समाजिक कार्यक्रमको आयोजना गरि आफ्नो कर्पोरेट डे मनाएको छ ।

ग्रुपले ४५ वर्षको अवधिसम्म व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउँदै आएको छ ।

सो अवसरमा लक्ष्मी गु्रपले आफनो प्रधान कार्यलय पोखरा र कर्पोरेट कार्यालय काठमाडौंमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जसमा पोखरा स्थित कार्यलयमा ११६ तथा काठमाडौंमा स्थित कार्यलयमा ७५ गरि कुल १९१ जनाले रत्तदान गरेका थिए ।

त्यस्तै, नेपालको एक मात्र आधिकारिक विक्रेता, हुण्डाई मोटरर्सको लक्ष्मी इन्टर कन्टिनेन्टलद्वारा सूर्यविनायक मन्दिर र वटुक भैरव मन्दिर परिसर र वरपरका क्षेत्रमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

साथै, नेपालमा भएका मष्तिस्क पक्षघातबाट पीडित बालबालिकाहरुको उत्थानमा कार्यरत एस.जि.सि.पि नेपालका बालबालिकाहरुलाई स्कूल व्याग र न्यानो ज्याकेटहरु प्रदान गरेको ग्रुपले जनाएको छ ।

यसका साथै लक्ष्मी गु्रपका अन्य संस्थाहरु सुजल फुड्स प्रा.लि., सुजल डेरी प्रा.लि., जया प्याकेजिङ्ग प्रा.लि., सुजल प्लाष्टिक प्रा.लि., लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. आदि कम्पनीले पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

सुजल फुड्स प्रा.लिले गोकर्णस्थित जोइन्ट डिजेबल यूनिटी आवाज सेन्टर र सिफल स्थित चाइल्ड प्रोटेक्सन होमका बालबालिकाहरुलाई विभिन्न कन्फेक्सनरी उत्पादनहरु वितरण गरेको थियो ।

सुजल डेरी प्रा.लिले कीर्तिपुरको भत्केपाटी स्थित बेवी लाईफ होम (अनाथलय) का बालबालिकाहरुको लागि भोजन कार्यक्रमको आयोजना गरि विभिन्न उपहारहरु पनि दिएको थियो ।

यसका साथै, लक्ष्मी ग्रुपले आगामी वर्षहरुमा पनि आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.