अष्ट्रेलियन एयरलाइन्सहरुमा ह्यान्डब्यागकाे ताैल ताेकियाे, ७ किलाे भन्दा बढीकाे सामान बाेक्न नपाइने

  २०७५ पुष १ गते १७:१६     डोमी शेर्पा

अस्ट्रेलिया। आफ्ना नजिक र प्रिय साथीभाइ र आफ्न्तलाई उपहार लगिदेने सबैलाई यस डिसेम्बर बिदामा घर जाँदा अब तनाव हुनसक्नेछ।

अब अष्ट्रेलिया एयरलाइन्सले वर्षको व्यस्त समयमा हाते झोलाको वजन सीमा लागू गर्न निर्णय गरेको छ।

भर्जिन अष्ट्रेलिया र कन्टास एयरलाईन्सले आफ्न घरेलू यात्रुहरूलाई आफ्नो हाते झोला ७ किलो (१५ पाउण्ड) भन्दा बढी नबोक्न आग्रह गरेको छ र त्यसलाई सुनिश्चित गर्न विभिन्न ठाउँमा सामनको जाँच गरिने बताएको छ।

सिएनएनसँगको कुराकानीमा भर्जिन अस्ट्रेलियाका ग्राउन्ड अपरेसनका जेनेरल म्यानेजर पल वुसनाम भन्छन्, “एक उद्योगको रूपमा हामीहरुले यात्रुहरुले सबै चीजहरू ल्याउन प्रयास गरेको देख्छौं अझै त्यतिमात्र नभएर भान्साको सरसामन पनि ल्याउने गरेको देखेका छौ जसको कारणले गर्दा उडान ढिलो हुने र त्यसका साथै क्याबिन चालक दलको सुरक्षामा पनि समस्याहरू आउने गरेको छ। ”

यसकारणले कन्टास एयरलाईन्सले नभेम्बरको अन्तिम साता देखी कडासँग हाते झोलाको वजन जाँच्न थालेको छ र भर्जिन अस्ट्रेलियाले पनि डेसेम्बर १० तारिख देखि यसको लागि कडा नियम लागु गरेको छ।

टाईगर एयर र जेस्टर एयरलाईन्सले भने पहिले देखि नै आफ्नो यात्रुहरुको सामनको वजन जोख्ने गर्थियो।

क्याबिनका भारी लगेज ब्यागहरुको कारणले गर्दा एयरलाइन्सका क्याबिन चालकहरु सामान मिलाउने र यात्रुहरुलाई सघाउने बेला घाइते भएको पल वुसनामले बताए।

हामी हाम्रो यात्रुहरु समयमा आफ्नो गन्तव्यमा पुगुन् भन्ने चाहन्छौ तर यस्ता यी क्याबिनमा राखिने सामानको कारण हामीहरुको उडानमा ढिलाई भईरहेको वुसनाम बताउँछन्।

यसमा अस्ट्रेलियन सिभिल एभिएसन सेफ्टी अथोरिटीले समर्थन जनाएको छ जो भन्छ कि अत्याधिक नचाहिने सामन क्याबिनमा ल्याउँदा क्याबिन चालक लाई समस्या हुनुको साथै उडानमा पनि ढिलाई हुने बताएको छ।

भर्जिन अस्ट्रेलियाले आफ्नो यात्रुलाई ३० केजी सम्मको लगेज ब्याग, साथै २३ किलोग्राम सम्मको अर्को ब्याग र ७ किलो सम्मको हाते झोला लैजान दिने गरेको छ। त्यसका साथै प्रत्येक यात्रीलाई ल्याप्टप ब्याग र अर्को सानो हाते झोलाको पनि अनुमति एयरलाइन्सले दिएको छ।

क्यानटसमा यात्रा गर्ने घरेलु यात्रीहरुले कम्तिमा पनि ३० किलोग्राम सम्मको लगेज ब्याग, र दुईवटा ७/७ किलोको हाते ब्याग बोक्न पाउँछन्। क्रिसमस अत्यन्त ब्यस्त समय भएकोले यस समयमा अझै यो कुरालाई बिशेष ध्यान दिईने, वुसनाम बताउँछन्।

यदि तपाई पनि यो समयमा अस्ट्रेलियाबाट यात्रा गर्दै हुनुहुन्छ र झोला जाँच्नबाट जोगिन चाहानुहुन्छ भने, तपाईले कसरी ठीकसँग सामान प्याक गर्ने भनेर जान्न आवश्यक छ। यदी तपाईंले ठीकसँग सामान प्याक गर्न जान्नुभयो भने तपाईंको यात्रा हल्का सामानको साथ आनन्दमय हुनेछ। यदी तपाईंले ठीक तरिकाले सामान प्याक गर्नुभएन र नचाहिने कपडा राख्नुभयो भने तपाईंको यात्रा कस्टकर हुनको साथै हुनेछ।

[ सिएनएन ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.