कैलाश बैंकको ३ वर्ष ३ महिनामा डेढ गुणा मुद्दती निक्षेप योजना

  २०७५ मंसिर २६ गते २०:१०     विकासन्युज

काठमाडौं  । कैलाश विकास बैंकले १.५ गुणा मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी निक्षेपकर्ताले आफूले जम्मा गरेको निक्षेपको ३ वर्ष ३ महिनामा डेढ गुणा रकम प्राप्त गर्न सक्ने बैङकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

एक लाखको न्युनतम मौज्दात मै यो निक्षेप योजनामा सहभागी हुन सकिने बैंकले जनाएको छ । यसका अलावा बैंकले कैलाश स्पेशल फिक्स डिपोजिट योजना पनि ल्याएको छ । जसमा संस्थागत निक्षेपकर्ताका लागी ११.७५५ र व्यक्तिगत निक्षेपकर्ताका लागी १२.५० ५ व्याज दिइनेछ भने निक्षेप अवधी १ देखि ३ वर्ष रहने बैंकले जनाएको छ ।

यी निक्षेप योजनाहरु सिमित अवधीका लागी मात्र रहने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.