प्रभु बैंकको काउण्टर अब सात वटा भन्सारमा

  २०७५ मंसिर १९ गते १४:३३     विकासन्युज

काठमाडौं । नेपाल भारत सिमा रहेका भन्सार कार्यालयमा प्रभु बैंकले काउण्टर खोली बैंकिङ्ग कारोवार शुरु गर्ने सम्बन्धी सम्झौंता भएको छ । भन्सार बिभागका महानिर्देशक तोयम राया र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारले केही समय अघि स्तरोन्नतीका लागि नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयमा कारोवार संचालन गर्ने निर्णय गरेको छ ।
बैंकको सेवा प्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयात निर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्त गर्ने भएका छन् । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवा पुग्ने बिश्वास बैंकले लिएको जनाएको छ ।

झापाको भद्रपुर, सुनसरीको कोशीव्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलबस्तुको सुठौली र कैलालीको सतिभन्सार कार्यालयहरुमा बैंकले अर्को हप्ता देखि बैंकको काउण्टरहरु संचालनमा लयाउँने भएको छ । उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.